मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५
नेपालगञ्ज, ०१ फाल्गुन, बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ ले अस्थायी प्रहरी पोष्टलाई साइकल प्रदान गरेको छ । नगर भवनस्थित प्रहरी पोष्टका लागि कार्यालयले मंगलबार १४ हजार बराबरको दुई वटा साइकल प्रदान गरेको थियो ।
वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा अध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त केसीलाई साइकलको साँचो हस्तान्तरण गरेका थिए ।
जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको हौसला स्वरुप साइकल सहयोग गरिएको बताउदै उनले जनप्रतिनिधी, प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिए । अध्यक्ष गुप्ताले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्वता जनाए ।