छाडा पशु चौपाया नियन्त्रण गर्न चुनौती



कोहलपुर, ०१ फाल्गुन ,कोहलपुर बजारका छाडा पशु चौपाया नियन्त्रण गर्न चुनौती बन्दै जान थालेको सरोकारवालाहरुले बताएका छन् ।

मंगलबार कोहलपुरमा भएको एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नगरका छाडा पशु चौपायालाई व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका हुन् । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले छाडा पशु चौपाया नियन्त्रण चिन्ताको बिषय बनेको बताए ।

नगरमा रहेका छाडा पशु चौपायालाई नियन्त्रण गर्नको लागि प्रयास गरिरहेका छौं, उनले भने, तर पनी नियन्त्रणका लागि गरेका विभिन्न कामहरुले प्रतिफल देखाउन सकेको छैन । छाडा रुपमा छोडिएका पशु चौपायालाई नियन्त्रण गर्न नगरपालिकाले धेरै कामहरु गरेको नगर प्रमुख रावतले जानकारी दिए । मलाई यही विषयका कारण निन्द्रा लाग्दैन ।

उनले भने,– छाडा पशुचौपाया व्यवस्थापनका लागी जिल्लाका स्थानीय तहका प्रमुख बसी राप्तीसोनारीको शम्शेरगजमा रहेको गौशालामा व्यवस्थापन गर्ने भनिए पनि त्यो सम्भव हुन सकेन । सरस्वती सामुदायिक वन र सृजना सामुदायिक वन क्षेत्रमा कान्जिहाउस बनाएर छाडा पशु चौपायाको व्यवस्थापन गर्ने योजना नगरपालिकाले बनाएको उनले जानकारी दिए ।

नगर प्रमुख रावतका अनुसार जिल्ला वनले अनुमती नदिदा उक्त योजना पनी अगाडि बढ्न सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापनका लागी नगरपालिकाले १४ लाख रुपैया विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाको क्षेत्रमा पर्ने सडकमा छोडिएका पशु चौपायाका कारण पछिल्लो समय सवारी दुर्घटनामा वृद्वि भएको बताइन्छ ।

नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण नगरेको भन्दै व्यवसायी र स्थानीय बासिन्दा समेत आक्रोशित छन् । यसैबिच मंगलबार कोहलपुर नगरपालिकाले कृषकहरुलाई विभिन्न कृर्षी यान्त्र प्रदान गरेको छ । नगर प्रमुख रावतले विभिन्न कृर्षी यान्त्रहरु किसानहरुलाई प्रदान गरे ।

नगर कृर्षि शाखाले कृषकहरुलाई यान्त्रहरु प्रदान गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा कृर्षी यान्त्रकरण अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिका भित्रका किसान तथा समुहहरुलाई सामग्रीहरु दिइएको बताइएको छ । किसानहरुलाई पावरटेलर, च्यापर, मोटर पम्प लगायतका सामाग्रीहरु वितरण गरिएको थियो । शिव शक्ति कृषी, समुह, कृतिका गाई फार्म, मातृभुमी कृषक समुह, नारायणी तरकारी तथा च्याउ फार्म, गुरुदेव कृषी फार्म, दिगो कृषि सहकारी संस्था, कालिका ताजा तरकारी उत्पादन समुह, भेरी जेष्ठ नागरिक कृषक समुह, समावेसी कृषी उत्पादन समुह, शिव शक्ति समुह लगायतले प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्ने सहभागिहरुले किसानहरुले पाएका यान्त्रको सही सदुपयोग गरेर उत्पादनमा वृद्वि गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कृषकहरु, स्थानीय जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ फागुन १ गते बुधबार