कोहलपुर, ०१ाल्गुन, नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेबाट केन्द्र ,प्रदेश तथा नेपाल शिक्षक महासंघ बाँकेमा प्रतिनिधित्व गर्ने नेतृत्वलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगर समितिका अध्यक्ष बिनोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष बद्रे आलम खान, संगठनका केन्द्रिय सदस्य एकदेव पन्थी, प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, प्रदेश सदस्य हेम कुमार रावत, नेपाल शिक्षक महासंघ बाँकेका सचिव महेश शर्मा,संगठनका जिल्ला सचिव दिल बहादुर खत्री, शिक्षक महासंघका उपाध्यक्ष इन्दिरा गौतम,संस्थागत सहसचिव बाबुराम अधिकारी लागाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष बद्रे आलम खाँनले शिक्षक संगठन कोहलपुरले समयसमयमा उत्कृष्ठ कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गरे । संगठनका केन्द्रिय सदस्य एकदेव पन्थीले कोहलपुर नगर समितिले गर्ने हरेक क्रियाकलापमा संगठनको केन्द्रिय सदस्यको हैसियतले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
संगठनका नगर सचिव निम प्रकाश थापाले संचालन गरेको कार्यक्रमा संगठन प्रदेश न ५ का बरिस्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा , शिक्षक महाँसंघ बाँकेका सचिव महृश शर्मा लगाएतले आा आ—आफ्नो मन्तब्य राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्