कोहलपुर । २७ आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका बाँकेमा विभिन्न विद्यालयहरुले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाइएको छ । कोहलपुरमा रहेका विद्यालयहरुमा सरस्वती पुजाआरधार्ना गरि मनाएका छन् ।
बाँके जिल्लामा पर्यटकीय स्थलको रुपमा रहेको बागेश्वरी मन्दिरमा विहानै देखि नै सरस्वती पूर्जाआरधार्ना गर्नका लागि विद्यार्थी, शिक्षक, अभिभावकको बाख्लो उपस्थिति रहेको थियो । सोही अवसरमा लक्ष्मी मावि विद्यालय, नोवेल टेक्निकल बागेश्वरी बहुमुखी क्याम्पस, गोर्खा बाडिङ स्कुल लगायतले पनि सरस्वतीको पुजा आरधाना गरी मनाएको थियो ।
त्यस्तै कोहलपुर स्थित फुलबारी एकेडेमी स्कुलले पनि सरस्वती पूजाको दिनको अवसरमा पाँचौ बार्षिकोत्सव मनाइएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ । आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन् । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ । ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन। आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुँदा आजको दिनलाई बसन्त पंचमी पनि भन्दछन् । केटाकेटीलाई आजको दिन अक्षराम्भ गराउनु शुभ रहने बिश्वास गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्