1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

दुई करोडका काचा इँटा नोक्सान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

असिनापानीले बाँकेमा करीब २ करोड मूल्य बराबरको कांचो ईट्टा नोक्सान भएको छ । बेमौसमी वर्षात र असिनापानीका कारण करीब २ करोड मूल्य बराबरको काँचो इँटा नोक्सान भएको नेपाल ईट्टा व्यवसायी संघ बाँकेले जनाएको छ । हिजो राती आएको असिनापानीका कारण पोल्न तयारी अवस्थामा राखेका करीब एक करोड गोटा ईट्टा नोक्सान भएको नेपाल ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनु भयो । बाँकेमा सूचिकृत करीब ५२ वटा ईट्टा उद्योगमा सरदर दुई लाखका दरले कांचो ईट्टा नोक्सान भएको अध्यक्ष खाँको भनाई छ । काचो इटा बनाउन दुई रुपिया खर्च लाग्ने उहांले बताउनु भयो ।

मौसम सफा
नेपालगंजको मौसम शनिबार सफा भएको छ । तीनदिनदेखिको बादल र झरी खुल्दा विहानैदेखि घाम लागेकाले शहरमा चहलपहल पनि बढेको छ । हिजो राती भने भिषण असिना पानी परेको थियो । असीना पानीले मसुरो, चना, रहर, तोरी, मकै लगायतका तरकारी बालीमा ठूलो असर पारेको कृषि ज्ञान केन्द्र बांकेका प्रमुख सागर ढकालले जानकारी दिनु भयो । उहांका अनुसार क्षतिको विवरण संकलन भैरहेको छ । हिंउदे वर्षाले गहुं बालीलाई भने फाइदा पुग्ने ढकालले बताउनु भयो । लगातार परेको पानी र गएराती आएको असिनाका कारण आलु कुहिन थालेको किसानहरुले गुनासो गरेका छन् ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     2:03:11 PM  |