कोहलपुर । २७, बाँकेको खजुरामा भइरहेको महोत्सवको तेस्रो दिन शनिबार चर्चित गायक टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकीको साथै गायिका रिता केसीले आफ्नो प्रस्तुती दिएका छन् ।
उपस्थित दर्शकलाई गायक बुढाथोकी, दर्जी र गायिका केसीले छमछमी नचाएका थिए । हास्य प्रहसन सँगै स्टेज उक्लेका गायक दर्जी र एआरले आफ्नो कमेडि सँङ्गै चर्चित गीत मन बिनाको धन, चौरिको चाम्रो छुर्पी , दुइदुना चार लगाएतका करिव दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे । त्यस्तै महोत्सवमा अर्का आकर्षणमा रहेका चर्चित गायक टंक बुढाथोकीले पनि दर्शकलाई उफारी उफारी नचाएका थिए ।
उनका चर्चित गीतहरु रुपै मोहनी, रातो टीका, मन बिनाको धन , चौरिको चाम्रो छुर्पि, लगाएत करिव आधादर्जन गीतहरु गाएर दर्शकहरुलाई झुमाएका थिए । आकर्षण गायिका रिता केसीले पनि चर्चित गीत जाउला कान्छी जलजला, जोडि छ झक्कास र तर्की तर्की गीतहरु प्रस्तुत गरेकी थिइन । साथै दोस्रो चरणको एकल नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा चौथो आज आइतबार मेघा स्टार अनमोल केसी र गायिका तृप्ती खड्का लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक भागवत प्रसाद कडेलले जानकारी दिए ।
आयोजकका अनुसार माघ २४ देखि सन्चालन भएको महोत्सव फाल्गुन ५ गते सम्म सन्चालन हुनेछ ।