कोहलपुर । २७, बाँकेका कोहलपुरमा जारी पाँचौ “पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५” आज समापन हुदैछ । एक भव्य कार्यक्रमका बिच संघिय सांसद महेश्वर गहतराज (अथक)ले महोत्सवको समापन गर्ने कार्यक्रम गरेको महोत्सव कार्यान्वयन समितीका सदस्य सचिव विश्वराज खनालले जानकारी दिए ।
महोत्सव गत माघ १४ गतेबाट कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको थियो । शुक्रबार नै महोत्सव सम्पन्न हुने पुर्व निर्धारित कार्यक्रम भएपनी आयोजकले दर्शकको मागलाई मध्यनगर गर्दै थप दुई दिन महोत्सव लगाइएको बताइएको छ । महोत्सवबाट बचेको रकमबाट दुवै आयोजकले आफ्ना भवन बनाउने बताएका छन् ।
शनिबार महोत्सवमा चर्चित आधुनिक गायक स्वरुपराज आचार्यले मार्यो मलाई मार्यो, सोल्टीनी सोल्टीनी, शीरबन्दी शीरैमा, यी आँखामा तिमी लगायतका गीतहरु गाउँदा यूवा यूवतीहरु छम छमि नाचेका थिए । गायक रुपक पौडेलले बुनबुनमाकुरी मायाको जाल, दुई दिनको जवानी कर्कलाको पानी, सानी सानी लगायतका गीतहरु गाउँदा दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।
महोत्सवमा ३ सय भन्दा बढी विभिन्न स्टलहरु राखिएको आयोजकले जनाएको छ । यसैबिच महोत्सवको अन्तिम आज आधुनिक गायक प्रमोद खरेल, लोक दोहोरी गायिका पूर्णकला बिसी र डान्सर अञ्जली अधिकारीको प्रस्तुती रहने होटेल व्यवसायी संघ बाँकेका कोहलपुरका अध्यक्ष समेत रहेका महोत्सवका सह संयोजक बलराम भट्टराईले जानकारी दिए ।
महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्