नेकपा नगर कमिटिका पदाधिकारीले लिए सपथ



कोहलपुर २७ ,नेकपा कोहलपुर नगर कमिटिका पदाधिकारीहरुले शनिबार सपथ ग्रहण गरेका छन् । नेकपाका पदाधिकारीहरुलाई नेकपाका ५ नं प्रदेश कमिटिका सचिव जग प्रसाद शर्मा (अपार)ले सपथ ग्रहण गराएका थिए ।

कोहलपुर नगरकमिटिका ७९ जना पदाधिकारीहरुले सपथ लिएका हुन् । नगर कमिटिका अध्यक्ष वसन्ती अधिकारी र तुलाराज विष्ट (बिहानी) ले यस अघि नै सपथ लिइसकेका छन् । कार्यक्रमका प्रमुख अथिति शर्माले अबको विकासको नेतृत्व नेकपाले लिनुपर्ने बताए ।

साथै अबको बाटो विकास र समृद्धिको भएको हुदाँ स्थानीय सरकार संग सहकार्य गरेर जानुपर्नेमा जोड दिए । संघिय सांसद महेश्वर गहतराज (अथक) ले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना बोकेका नेतृत्वतहले जनताले चाहेको विकास परिवर्तनमा लाग्न आवश्यक रहेको बताए । ंकार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा कोहलपुर नगर कमिटिकी अध्यक्ष वसन्ती अधिकारीले कोहलपुर एउटा नेता उत्पादनको क्षेत्र बनेको बताउदै नयाँ कमिटिले नयाँ उर्जा प्राप्त भएको बताइन् ।

सपथग्रहण कार्यक्रममा नेकपा प्रदेश नं ५ की सदस्य तथा प्रदेश नं ५ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद कृष्णा के.सी (नमुना), इन्द्रप्रसाद खरेल (आईपी), नेकपाका केन्द्रीय सदस्य दिनेश चन्द्र यादव, संविधान सभा सदस्य देवराज भार, नेकपा बाँके कार्यदल सदस्य प्रकाश सुवेदी, अक्कल बहादुर बम, अशोक कोईराला, अशोक रोकाय, प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, पुजन विश्वकर्मा नेकपाका युवा नेता सुर्य ढकाल, अब्दुल हुसेन खाँ लगायतको सहभागिता रहेको थियो ।

बाँकेको ८ वटा स्थानीय तह मध्ये कोहलपुर नगर कमिटिका पदाधिकारीहरुले ७ स्थानमा सपथ ग्रहण गरेका हुन् । ८ स्थानमा आज नरैनापुर गाउँपालिकाका पदाधिकारीहरुले सपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ २७ गते आइतबार