29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

चट्याङ लागेर दुईकोे मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

दाङ । २७ प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

शुक्रवार राती परेको चट्याङ लागेर नौबहिनी गाउँपालीका १ स्वाउलिवाङ्ग खारखोलाका अन्दाजी २३ वर्षीय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउँकी अन्दाजी २७ वर्षीया नौमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

सोही ठाउँका वर्ष ७ कि तेजी पुन, वर्ष ६० का बोमबहादुर घर्ती र ६२ वर्षीय रुद्र पुन घाइते भएको बुढाथोकीले बताए । उनका अनुसार चट्याङले नौबहिनी–६ मा १ भैंसी र बाख्रा मरेका छन् ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     10:22:55 AM  |