6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

कोहलपुर महोत्सव दुई दिन थप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५  

कोहलपुर, बाँके २५, बाँकेको कोहलपुरमा जारी ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५’ महोत्सव दुई दिन थप गरिएको छ ।

माघ १४ गते देखि माघ २५ गते सम्म सञ्चालन हुने भनिएको महोत्सव दुई दिन थपिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले जानकारी दिएका छन् ।

दर्शकहरुको माग अनुसार शनिबार बसेको महोत्सव मुल समितिको बैठकले दुई दिन थप्ने निर्णय गरेको उनले बताए ।

कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा फुडफेस्टीभल प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको बताए । उनले भने कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनलाई टेवा दिने लक्ष्यका साथ सम्बन्धित व्यवसायमा लागेका उद्योगि व्यापारीहरु र उपभोक्ताहरुलको पहुँचमा वृद्वि गराउने प्रमुख लक्ष्य रहेको होटल व्यवसाय संघका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए ।

महोत्सवमा औद्योगिक उत्पादन तथा विविध वस्तु तथा सेवाहरुमा जम्मा २ सय ७५ स्टलहरु रहेको उनले बताए

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     4:08:31 PM  |