1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

सूर्योदयमा सचेतना कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

कोहलपुर । १५, बाँकेको बैजनाथ गाउँपालिका १ मा रहेको सूर्योदय माध्यमिक विद्यालय चिसापानीमा बिपत् व्यवस्थापन र लागूपदार्थ दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । १८ औं शसस्त्र प्रहरी दिवसको अवसर पारेर शसस्त्र प्रहरी बल तालिम शिक्षालय नौवस्ताले सोमबार विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरुलाई नेपालमा आइपर्ने विपत् केके हुन्, जोखिम न्यूनिकरण कसरी गर्ने लगायतका बिषयमा शसस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार ढकालले सहजीकरण गरेका
थिए । सोही कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरीक्षक सुधिर सुवेदीले लागुपदार्थको बारेमा विद्यार्थीहरुलाई सहजीकरण गरेको विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्टले जानकारी दिए । सचेतना कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शसस्त्र प्रहरीले विद्यालयमा विभिन्न समयमा गर्ने यस्ता कार्यक्रमले विद्यार्थीका साथै विद्यालयलाई समेत सहयोग पुग्ने सहायक प्रधानाध्यापक सुमित्रा न्यौपानेले बताइन् ।

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     2:58:04 PM  |