मालपोत कार्यालय बाँकेमा अख्तियारकोे छापा, ५० हजार रकमसहित कर्मचारी पक्राउ



कृष्ण ओली । नेपालगन्ज । सेवाग्राहीबाट घुस लिदालिदै जिल्ला मालपोत कार्यालय बाँकेका एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।

केही बेर अघि अख्तीयारको टोलिले कार्यालयबाटै ५० हजार घुुस लिदालिदै खरिदार सञ्जय ठाकुरलाई पक्राउ गरेको हो । अहिले नेपालगन्जमा रहेको मालपोत कार्यालय खाली गरेर अख्तियारको टोलिले अनुसन्धान अगाडि बढाइरहेको छ । यसबारे थप जानकारी आउन बाकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ ८ गते मंगलबार