8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँके बर्दियाको आश्यकता छैन भन्नुस् हामी सलाम ठोकेर जान्छौं । प्रदेश सभा सदस्य खरेल, भिडियो सहित हेर्नुहोस्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

प्रदेश नं ५ का प्रदेश सभा सदस्य अाई पी खरेलले सदनले बाँके बर्दिया अावश्यक छैन भनेर निर्णय गरेमा अाफुहरु सलाम ठाेकेर जाने बताएका छन्। उनलेे प्रदेश सभामा नेपाली काँग्रेसका माननीयहरुलाई लक्ष्यित गर्दै उक्त विचार ब्यक्त गरेका हुन।
बाँके क्षेत्र नम्बर ५ क बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने अाईपी खरेलले विगतदेखि नैै बाँके र बर्दियाका लागि प्रदेश राजधानी बुटवल पाएक नपर्ने भएकोले राजधानी सार्नुपर्ने अावाज उठाउँदै अाएका छन्। माननीय खरेलले प्रदेश सभामा बाेल्दै भने हामीले पनि चुनाव लडेर अाएका हाै, तर हामीले कहिले पनि प्रदेशको राजधानी अाफ्नाे जिल्लामा हुनुपर्छ भनेनाैं। उल्टाे राजधानी सार्नका लागि संघर्षरत जनतालाई सम्झायाै। किनभने हामी लाेकतान्त्रिक गणतन्त्रमा छाै, यसलाई संस्थागत गर्नुछ भन्याै। बडाे बिडम्बना नेपाली काँग्रेसले राजधानीका लागि संघर्ष गर्नेरे। काे हाे भेगीय? हामी हाैै कि अरु? लुम्बिनीका मानिसलाई पार्टीले भाेली बाँकेमा टिकट दियो भने के हुन्छ? कपिलवस्तुका मानिसलाई पार्टीले बर्दियामा टिकट दियो भने के हुन्छ? त्यसकारण छुटेका जिल्लाकाे प्रतिनिधित्व समितिमा हुनुपर्छ। बाँके बर्दिया अावश्यक छैन भनेर निर्णय गरिदिनुस् हामी सलाम ठाकेरै जान्छौं। के लाेकतान्त्रिक गणतन्त्र नपचेकै हो?

यदि संसदले बाँके र बर्दिया अावश्यक छैन भन्छ भने अाफुहरु खुशीका साथ सलाम ठाेकेर हात मिलाएर जाने उद्घाेष गरे। उनले बाेल्ने क्रममा विगतलाई स्मरण गर्दै भने पहिले साथीहरूले नेपाली काँग्रेससँग बाेल्दा पनि असहज मान्नुहुन्थ्याे। ०६२/०६३काे अान्दोलनपछि तिनै काँग्रेससँग सबैभन्दा बढी सँगसँगै मिलेर जानुपर्छ भन्ने मान्छे म हुँ।

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     7:49:14 AM  |