माघ ३,पर्वत — पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । पर्वतको कुश्मा–१ मालढुङ्गामा दुर्घटनाग्रस्त बस र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारण । तस्बिर: अगन्धर तिवारी/कान्तिपुर ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणगढ हिँडेकाे ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ । घाइतेहरुको नामावली अहिलेसम्म आएको छैन ।
बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३६ घाइते छन् ।
सडकदेखि साठीमिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाकाेघटनास्थलमैर एकको अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन्। उनीहरुको ठेगाना पहिचानभएको छैन।
बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको अनुमान प्रहरीले गरेको छ। पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ। सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ।
घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडाैं पठाउने क्रम चलिरहेको छ। गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाैं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो। तर, दुर्घटनाको एकिन कारण खुलेको छैन। २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ। घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए। दुर्घटनाकाे यथार्थ बिवरण आउन बाँकी छ। COPY