कोहलपुर/बाँके राष्टिय निकुञ्ज र मध्यवर्ती वन व्यवस्थापन समितिले सोमबार राप्ती नदिमा जलचर जनावरको बासस्थानको अवलोकन गरेको छ । बाँके निकुञ्ज अन्तर्गत पर्ने राप्ती नदिको गाभरदेखि अगैयासम्म ¥याफ्टिंङ्ग गर्दै राप्ती नदि र आसपासमा बसोबास गर्ने जलचर जनावरको बासस्थानको अवलोकन गरिएको हो । निकुञ्जका वार्डेन युवराज रेग्मी, सहायक संरक्षण अधिकृत, गेमस्काउट, निकुञ्ज सुक्षार्थ श्रीमेहर गणका मेजर राजन केसी, मध्यवर्ती वन व्यवस्थापन समिति अध्यक्ष गहेन्द्र खड्का, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री अन्य जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
टोलीले राप्ती नदिमा झण्डै ५ घण्टा ¥याफ्टिंङ्ग गरेको गरेको बाँके निकुञ्जका वार्डेन युवराज रेग्मीले बताए । ¥याफ्टिङ्ग अवलोकनमा विभिन्न प्रजातिका चराचुरुगंी, माछा, गोही र जलचर जनावर अवलोकन गरिएको उनले बताए । टोलीले बाँके राष्टिय निकुञ्जको राप्ती नदि आसपासमा कुन प्रजातिका चरा, वन्यजन्तु पाईन्छ र तीनको बासस्थानको अवलोकन गरेको थियो ।
राप्ती नदि माछा र गोहीको प्रसिद्ध स्थल रहेकोले तीनीहरुको अवस्था, संख्या र बासस्थानको अवस्था पत्ता लगाउन अवलोकन गरिएको मध्यवर्ती वन व्यवस्थापन समिति अध्यक्ष गहेन्द्र खड्काले जानकारी दिए । अवलोकनले पर्यापर्यटनमा विकास गर्ने र पर्यटनका लागि नँया गन्त्वयको खोजीका लागि पनि सहयोग गर्ने उनले बताए ।
¥याफ्टिंङ्ग संचालन र अवलोकनमा राप्ती सोनारी गाउँपालिकासंग सहकार्य गरेको थियो । राप्ती नतदिमा विश्वको दुर्लभ घडियाल गोही यहाँ पाईन्छ । मगर गोही र घडियाल गोहीका लागि प्रसिद्ध राप्ती नदीमा गोहीको संख्या थप्ने निकुञ्जको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्