मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १०, २०७५
कोहलपुर/लागुपदार्थ सेवन गरी होहल्ला गर्ने तथा विभिन्न अनैतिक गतिविधिमा संलग्न रहेको आरोजमा पक्राउ गरेका १५ जनालाई कोहलपुर प्रहरीले सम्झाई बुझाई सोमबार अभिभावकको जिम्मा लगाएको छ ।
होटल, रेष्टुरेण्टहरुमा गई मापसे, चुरोट, गाँजा, लगायतका लागुपदार्थ सेवन गरी होहल्ला गर्ने विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
उनीहरुका अभिभावकहरुलाई बोलाई अभिभावक र उनीहरुलार्ई लागुऔषध सम्बन्धी जानकारी गराउँदै यस किसिमका अवाञ्छनिय गतिविधिमा संलग्न नहुने र भएमा कानून बमोजिम सजाय भोग्ने सर्तमा सम्बन्धित अभिभावकको जिम्मा लगाइएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले बताए ।