कोहलपुर, बाँके/ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपरका आँशिक प्रध्यापक गोपाल शर्मा शिक्षण भन्दा पनि राजनीतिमा बढी सक्रिए भएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठन बाँकेले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रध्यापक शर्मा नेपाल विद्यार्थी संघको गतिविधिमा सक्रिय रहेको भन्दैे विरोध जनाएका हुन् । उनीहरुले प्रध्यापक शर्मा अध्यापन गराउने समयमा अध्यापनभन्दा राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कारवाहीको माग समेत गरेका छन् ।
साथै प्रध्यापक शर्मा अध्ययन अध्यापन छोडेर राजनीतिक संगठन निमार्ण गर्दै हिड्नु गलत भएको भन्दै आवश्यक छाविन गरी कारवाही गर्न माग गरेका हुन् । क्याम्पस प्रशासनले कारवाही नगरे आफूहरु आन्दमेलनमा उत्रने अनेुास्ववियू बोगेश्वरी क्याम्पसका अध्यक्ष हेमन्त भट्टराई र अखिल क्रान्तिकारीका अध्यक्ष महेश बस्नेतद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्