3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

लागुऔषध नियन्त्रण सम्वन्धी अन्तरसंवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १०, २०७५  

बैजनाथ, (बाँके)/लागू औषध नियन्त्रण, बालविवाहको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयक अन्तरसंवाद कार्यक्रम चिसापानीमा सम्पन्न भएको छ ।
इन्सेक महिला कानुन र विकास मञ्चको आयोजना र सूर्योदय मा.वि.को समन्वयमा प्रहरी प्रशासन, अभिभावक, विद्यालय व्यवस्थापन समिति, बाल क्लव, विद्यार्थीहरु र शिक्षकबिच अन्तरसंवाद कार्यक्रम गरिएको हो ।

चिसापानीलाई बाल विवाहमुक्त बनाउन र लागू औषध नियन्त्रण गर्नका लागि सो कार्यक्रम गरिएको इन्सेकका अधिकृत सरस्वती मल्लले बताइन् । मानवअधिकार निगरानी समुहका अध्यक्ष चित्र प्रसाद शर्माले बालबालिकाका समस्याहरु अभिभावकले लुकाउने गरेको र अगाडि आएपनि राजनैतिक दबाबका कारण समस्या समाधान गर्न चुनौती रहेको बताए ।

विद्यालयलाई बाल बिवाह मुक्त बनाउन र लागू औषधबाट विद्यार्थीलाई मुक्त राख्न विद्यालय प्रशासन सधै तयार रहेको कुरा विद्यालयका सहायक प्र.अ.सुमित्रा न्यौपानेले बताइन् । महिला कानुन र विकास मञ्चका संयोजक तथा अधिवक्ता वसन्त गौतमले कानुनी उपायको बाटो देखाउँदै यस्ता कार्यक्रम गाउँ गाउँमा पु¥याउनु पर्ने र विद्यालयले आवश्यक देखेमा आफुले निशुल्क कानुनी परामर्श दिन तयार रहेको जानकारी दिए ।

सूर्योदय माध्यमिक विद्यालय चिसापानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगिसरा सुनारको सभापतित्वमा सम्पन्न गरिएको हो । अन्तरसंवाद कार्यक्रममा सक्रिय सबैले सामुहिक निश्कर्ष निकाल्दै सबैको तर्फबाट प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १०, २०७५     8:38:52 AM  |