पुस ८ ,बाँके कोकोहलपुर ११ स्थित भेरीमालिका बहुप्राविधिक प्रतिष्ठान प्रा.लि.ले तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति शोक मनाएको छ । इडिएफ सञ्जालका केन्द्रिय सदस्य विरेन्द्र सुवेदीले बस दुर्घटनामा परी घाते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । त्यस्तै दुर्घटनामा परि बिद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोक मनाएको सुवेदीले जानकारी दिनुभएको छ ।
भेरीमालिका बहुप्राविधिक प्रतिष्ठान प्रा.लि.का प्रबन्र्धक निर्देशक दिनेश राज न्यौपानेले दुर्घटनाप्रति शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख छ । विज्ञप्तिमा दुर्घटनामा परि मृत्यु भएका शिक्षालयमा अध्ययनरत विद्यार्थि तथा शिक्षक प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । दुर्घटनामा घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको
छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा बिद्यार्थी चढेको गाडि शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।









प्रतिक्रिया दिनुहोस्