कोहलपुर नगरपालिकाद्धारा पशुलाई सुत्केरी भत्ता



 

कविन्द्र परियार,कोहलपुर २६ मंसिर/बाँकेको कोहलपुर नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिन सुरु गर्ने भएको छ । ं यस आर्थिक वर्षको ७ सातौं कार्यपालिका बैठकको निर्णय अनुसार सुत्केरी पशु गाई र भैसीलाई सुत्केरी भत्ता दिने निणर्य गरेको हो । मंगलबार कोहलपुर नगरपालिकाका प्रवत्ता माधव रिजालले पत्रकार सम्मेलन गरी ७ औं बठैकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवत्ता रिजालले कोहलपुर नगर कार्य पालिकाले गरेका २२ वटा निर्णयहरु गरिएको बताए । साथै उनले नगरपालिका भित्रका किसानहरुले पालन गरेका गाई र भैसीलाई सुत्केरी भत्ता दिने निर्यण गरेको बताए

।नगरपालिकाले पशुलाई सुत्केरीलाई सुत्केरी भत्ता अनुदान सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ। अब प्रत्येक गाई र भैसीले सूत्केरी भए वापत रु २ हजार प्राप्त गर्ने छन । तर सो रकम पाउन किसानले कार्यविधीमा उल्लेख गरीएको पशु विमा लगायतका सर्तहरु भने पुरा गर्नु पर्ने छ । सो बैठकले प्रदेश नं. ५ सरकार, संघिय सरकार तथा विशेष अनुदान कोषका लागि कोहलपुिर नगरपालिका वडा नं. २ स्थित त्रिपुराणदेखि गोखा स्कुलहुँदै रत्नराजमार्गको इन्द्रेणी चौक जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. ११ पुरानो पीपलचौतारा हुँदै शिवमन्दिर सम्म जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. १५ चन्हवा पेडारी नालामा पक्की पुल निर्माण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै वडा नं. ११ का दृष्टिविहिन हरिकला बिकको लागि शौचालय र धारा कार्यक्रम खर्च शिर्षकबाट निर्माण गरिने, वडा नं. १२ को महेन्द्रराजमार्गको डुडुवा खोलाको पुलदेखि पश्चिम वडा नं. ११ को चौराहा सम्म सौर्य बत्तिल जडान गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताएका छन् । त्यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि एक लाख आर्थिक सहयोग, बसोबास सहकारी संस्था लि. कोहलपुर १० को भवन निर्माण गर्दा हुने माटो परिक्षण बापत लाग्ने खर्चमा विविध खर्च शिर्षकबाट २ लाख दिन कोहलपुर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधि २०७५ र विपद् व्यवस्थापन कोष कार्यविधि २०७५ लाई पारित गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताए ।

त्यस्तै बैठकले छलफल गर्दा कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा एकिकृत सम्पत्ति कर, व्यवसाय कर तथा बहाल विटौरी शूल्कको तथ्याङ्ग संकलन गर्नका लागि राखिएका कर संकलन गर्नका लागि राखिएका कर संकलनहरुलाई २०७५ श्रावणदेखिद असोज सम्मको ज्याला भुत्तानी गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् । त्यस्तै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर नगरपालिकाका विभिन्न विकास समितिका संयोजक तोकेका छन् ।

सामाजिक विकास समितिको संयोजकमा नारायणी वली, आर्थिक विकास समितिको संयोजकमा डिल बहादुर परियार, विधान समितिको संयोजकमा भिम बहादुर नेपाली, पूर्वाधार विकास समितिको संयोजकमा किल्पना अधिकारी शर्मा, बातावरण संरक्षण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा दयाराम लोहार, सार्वजनिक सेवा तथा क्षमता अवृद्धि समितिको संयोजकमा लिला कुमारी पाण्डेलाई तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २६ गते बुधबार