1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

५३ जनाले गरे रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५  

बर्दिया/   बर्दियाको बाँसगढीमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । ऐचोपैचो कृषि सहकारी संस्था लि.बाँसगढी–३ को आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।

“रक्तदान नै जिवन दान हो” भन्ने भावलाई आत्मा साथ गर्दै संस्थाको वार्षिक कार्यक्रम अनुसार शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।

पहुँच नभएका र आर्थिक अभावमा रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने समस्यालाई केही मात्रामा भए पनि समाधान गरी सहज रुपमा रगत उपलब्ध गराई मानविय धर्म पुरा गर्न रक्तदानको आयोजना गरिएको ऐचोपैचो कृषि सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर खड्काले बताएका छन् ।

नेपाल रेड्क्रस सोसाईटी बर्दियाका सभापति कृष्ण गौतमकोले उद्घाटन गरेकोे कार्यक्रममा बाँसगढी क्षेत्रका उद्योगी व्यापारी, समाजसेवी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरेको थिए ।

नेपाल रेड्क्रस सोसाईटी क्षेत्रिय रक्त सञ्चार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा अनमोल महिला फाउन्डेसन बाँसगढीले फलफुल वितरण गरेको थियो भने भट्राई दुध उद्योग बाँसगढीले रक्तदान गर्नेलाई एक पोका दुध उपलब्ध गराएको थियो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५     9:45:06 PM  |