वडा कार्यलयको शिलान्यास



बर्दिया/  बाँसगढी नगरपालिका वडा नं.९ माछागढस्थित वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । भवनको संविधान सभा सदस्य श्याम प्रसाद ढकाल र बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष जयबहादुर चन्दले वडा कार्यालयको भवन निर्माणपछि सेवाग्राहीलाई आफ्नै भवनबाट छिटो छरितो तरिकाले सेवा प्रदान गरिने बताए ।

साथै यस वडाको विकासका लागि सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै विकास र समृद्धिका लागि सधै समर्पित हुने उनको भनाइ थियो ।

सोही अवसरमा आयोजित कार्यक्रममा वडा कार्यालयको भवन निर्माणको लागि जग्गादान गर्ने जग्गादाता तारानाथ पराजुली र दयाराज पराजुलीलाई समेत सम्मान गरिएको हरी प्रसाद देवकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २० गते बिहीबार