बालज्योतिमा विज्ञान प्रर्दशनी



कोहलपुर/  बाँकेको कोहलपुुर नगरपालिका–११ स्थित बालज्योति मा.वि.मा विज्ञान भेषभुषा तथा पाककला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिताको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख राम सुरेश यादवले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा सिकाएको ज्ञान व्यवहारिक रुपमा समेत उतार्न विद्यालयले गरेको काम उदाहरणीय भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले विद्यालयमा मात्र नभएर घरपरिवार समेत बालबालिकाहरुलाई बालमैत्री व्यवहार गनुर््पर्नेमा जोड दिए ।

बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकहरुले विशेष चासो दिनुपर्ने उनको भनाइ थियो । सो अवसरमा विदालयका विद्यार्थीहरुले आफैले निमार्ण गरेका विज्ञानका सामाग्री तथा हस्तकलाका सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।

करिब ४० वटा स्टलमा प्रर्दशनीका सामाग्रीहरु राखिएको थियो भने ५ वटा स्टलमा विद्यार्थीहरुले पकाएर तयार गरेका सामाग्रीहरु राखिएको थियो । सो प्रतियोगितमा विद्यर्थीहरुले विभिन्न जातिय भेषभुषा समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरिएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल दामोदर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १५ गते शनिबार