दुर्घटनामा एक जनाको मृत्यु



सल्यान/  सुर्खेत सिम्तागाउपालिका वडा नं. ४ गजौडा नजिकै गुरु भिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भे ८ प ३४२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जाजरकोट शिवालय गाउँपालिका वडा नं. ९ नाहाडाका वर्ष ३५ का महेन्द्र चन्द ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकबाट १ सय मिटर तल झाडीमा अडिएको थियो भने मृतक ठकुरी भेरी नदिको किनारमा मृत भेटिएको वादेपिपल इलाका प्रहरी कार्यालय जानकारी दिएको छ ।

यता मृतकलाई भेट्न भनी आफन्त ल्याएर आएको लु १ त ९५७७ नम्बरको ट्याक्टर सुर्खेत सिम्तागाउँपालिका वडा नं. ४ बालिखोलाको रावत कम्द नजिकै पल्टिँदा २१ जना घाइते भएका छन् भने घाइते सबैको उपचारको लागि मेहलकुना लगिएको वादेपिपल इलाका प्रहरी कार्यालय इन्चार्ज श्याम शाहले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १३ गते बिहीबार