कोहलपुरका होटल स्तरीकरण सुरु



कोहलपुर/  बाँकेको कोहलपुर क्षेत्रका होटलहरु स्तरीकरण गर्ने कार्य सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, कोहलपुर इलाका प्रशासन कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुर तथा होटल व्यवसायी संघको संयुक्त टोलीले मंगलबार कोहलपुरका २ वटा होटलमा अनुगमन तथा स्तरीकरण गरेको छ ।

खाद्य स्वच्छताका आधारमा गरिएको स्तरीकरमा होटल सेन्टर प्लाजले सन्तोषजनक १ स्टार तथा होटल कृष्णले उत्तम श्रेणी प्राप्त गरेर २ स्टार प्राप्त गरेको छ ।

खाद्य स्वच्छताका ५० वटा सूचकहरुमा होटल तथा रेष्टुरेन्टको अवस्थालाई वर्गीकरण गरिने र ९० अंक भन्दामाथि प्राप्त गर्ने होटेलमा ३ वटा तारा भएको स्टीकर, ८० अंक भन्दामाथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले २ वटा तारा भएको स्टीकर तथा ५० अंक भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले १ वटा तारा भएको स्टीकर पाउने छन् भने सो भन्दा तलका होटल तथा रेष्टुरेन्टले पहिलो स्टीकरण टाँसिने भएको छ ।

आज बुधबार थप हेटल तथा रेष्टुरेन्टहरुमा अनुगमन गरी स्तरीकरण गरिने बताइएको छ ।

प्रकाशित मिति : २०७५ मंसिर १२ गते बुधबार