8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

१६ दिने अभियानबारे अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५  

कोहलपुर/  महिला हिंसा न्यूनीकरणको लागि १६ दिने अभियानबारे शुक्रबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आगामी आइतबारदेखि सञ्चालन गरिने १६ दिने अभियान कसरी मनाउने भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख चौधरीले अभियान सञ्चालन गरिने कार्यक्रमहरुको सूची प्रस्तुत गरेकी थिइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर महिला सञ्जाली अध्यक्ष मिना सिग्देलले महिला हिंसा न्यूनीकरण सम्बन्धी अभियानहरु शहरमूखी भन्दा गाउँमूखी सञ्चालन गनुपर्ने बताइन् । साथै उनले सडक नाटक मार्फत महिला हिंसा न्यूनीकरणका विषय जानकारी दिइनुपर्ने बताइन् ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य नारायणी वलीले महिला हिंसा न्यूनीकरणका विगतमा गरिएका कार्यक्रमहरु भन्दा अलि पृथक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरकी महिलासेल ईन्चार्ज शान्ति रावलले पछिल्लो समयमा महिलाहरुद्वारा नै महिला हिंसामा परेको बताइन् । अभियान सफल पार्न पुरुषहरुलाई अभियाना सहभागी बनाउनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका न्यायिक समिति सदस्य गीता वलीले पछिल्लो समयमा बलात्कार बहुविवाह लगायतका घटना बढिरहेको हुदाँ त्यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने खालका अभियानहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

कार्यपालिका सदस्य शान्ति सुनारले विपन्न तथा पिछडीएको समुदायमा महिला हिंसाका घटनाहरु बढी हुने हुदाँ त्यस्ता स्थानहरुमा हिंसा न्यूनीकरण सम्बन्धी अभियान सञ्चालन गनुपर्ने बताइन् । कोहलपुर नगरपालिकाले १६ दिने महिला हिंसा न्यूनीकरण सबन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५     9:18:06 AM  |