कोहलपुर ३ मंसिर/बाँकेको कोहलपु,कोहलपुर नगरपालिकाको मोवाईल एप्स सार्वजनिकर नगरपालिकाले नगरपालिकाका गतिविधि सेवाग्राहीलाई सहज सुसुचित गर्न मोवाईल एप्स सार्वजनिक गरेको छ । आईतबार नगरपालिकाले पत्रकार सम्मेलन गरी आफ्नो मोवाईल एप्स सार्वजनिक गरेको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले एप्समा क्लििक गरेर एप्सको उद्घाटन समेत गरेका छन ।
एप्स सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले नगरवासीले घरमै बसि बसि मोवाईलबाटै नगरपालिकाका गतिविधि थाहा पाउने बताए । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा सुचना प्रविधि विभागको समन्वयमा बनाईएको एप्स सार्वजनिक गर्ने कोहलपुर नगरपालिका प्रदेश नं ५ का १ सय ९ वटा स्थानीय तह मध्ये चौथो र बाँकेका आठवटा स्थानीय तह मध्ये पहिलो हो ।
एप्स सार्वजनिक कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले जनतालाई नगरपालिकाको सम्पुर्ण गतिविधिहरु मोवाईलबाटै थाहा पाउनका लागी एप्समा संचालन ल्याइएको बताए । साथै उनले शुन्य लागतमा मोवाईल एप्स तयार गरिएको बताए । नगरपालिकाका आई.टि अफिसर राजेश चापागाईले एप्स बारे जानकारी गराएका थिए ।
मोवाईल एप्समा कोहलपुर नगरपालिकाले प्रवाह गर्ने सेवा, नागरिक वडापत्र, निति तथा कार्यक्रम, बजेट , कर्मचारी तथा जनप्रतिनिधि विवरण १ देखी १५ वटै वडाको प्रोफाईल महत्वपुर्ण स्थानहरु लगायतका विषयमा जानकारी राखिएको बताइएको छ ।