कोहलपुर, २१/ बाँकेको कोहलपुर नगरपालिका १४ स्थित समाजसेवा संस्थाले दृष्टिविहिन विद्यार्थीहरुको सहयोगार्थ देउसी भैलो खेल्ने भएको छ । दृष्टिविहिन विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले यसवर्षको तिहारमा देउसी भैलो खेल्ने तयारी गरिएको संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले बताए ।
मंगलबार देउसी भैलो पुर्व तयारी बैठक पछि मिसनकर्मीलाई प्रतिक्रिया दिदैं अध्यक्ष थापाले देउसी भैलो खेलेर भोज भतेर पिनिक जस्ता अनुउपात्दक क्षेत्रमा रकम खचिर्नु भन्दा दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले देउसी भैलो खेल्ने निर्णय गरिएको बताए । केही रकम संस्थागत विकास र बाँकी रकम दृष्टिविहिन विद्यार्थीहरुको सहयोगार्थ खर्च गर्ने भएका छौं थापाले भने ।
गतवर्ष देउसी भैलोको रकमबाट मानव अधिकार सचेतना लगायतका कार्यक्रममा खर्च गरिएको संस्थाले जनाएको छ । देसी भैलो पछि एक कार्यक्रमका बिच खर्च सार्वजनिक गरिने समेत बताइएको छ । देसी भैलो खेल्नकालागी सम्पूर्ण तयारी पुरा भएको र आज लक्ष्मीपुजाको दिनदेखि भैलो खेल्न सुरु गरिने संस्थाले जनाएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका—५ आर्दशनगर स्थित संकल्प जनसेवा बहुउद्देश्यीय सहकारीले पनि संस्थाको भवन निमार्णार्थ देउसी भैलो खेल्ने भएको छ । तिहारमा रमाईलो संगै संस्थाको भवन निमार्ण गर्नकालागि देउसी भैलो खेल्ने तयारी गरिएको संस्थाकी सचिव मधु खड्काले जानकारी दिइन् ।