नेपालगन्ज/ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको जयसपुर स्वास्थ्य चौकीमा जाने बाटो राम्रो नभएको स्थानीयले बताएका छन् ।
बिरामीको चाप अत्याधिक भइरहने स्वास्थ्य चौकीमा जान अहिले खेतबारी जस्तो बाटोमा हिड्नु परेको स्थानीय बताउँछन् । पानी परेका बेला जलाम्मे र हिलाम्मे हुँदा सुत्केरी, बालबालिका, जेष्ठ नागरिकहरुलाई आउजाउमा निकै समस्या हुने गरेको छ ।
जयसपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेड मधुकरमण्ीा आचार्यले बाटो राम्रो बनाउनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराइसकिएको बताए ।
उता वडा नम्बर १६ का वडा अध्यक्ष हनिफ जोलाहले स्वास्थ्य चौकीसम्म पुग्ने बाटो बनाउने काम आगामी वर्षात अघि नै सम्पन्न हुने बताए । पहिले ग्राबिल गरेर पछि कालोपत्रे सडक बनाउने भन्दै तत्काल बजेट नभएकाले केही गर्न नसकिएको बताए ।
विंसः २०३७ सालतिर स्थापना भएको जयसपुर स्वास्थ्य चौकीले बर्थिङ सेन्टर सहित स्वास्थ्य उपचार सेवा दिदैं आएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि यही कार्तिक १२ गतेसम्म ५२ जना महिलाले सुत्केरी सेवा लिएका छन् ।
बिरामीको उपस्थिति हेर्दा यही अवधिमा ४ हजार ४ सय ८३ जना देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा भने ९ हजार २ सय १८ जना बिरामीले स्वास्थ्य सेवा लिएको जयसपुर स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी वरपरको मुख्य सडक भने कालोपत्रे गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्