मैत्रीपुर्ण खुल्ला फुटबल प्रतियोगिताको रौनकता बढ्दै



कविन्द्र परियार/कोहलपुर १३ कार्तिक,बाँकेको बैजनाथ गाउँपालिका—६ लालपुरमा गत शनिबार देखी सुरु भएको सातौं मैत्रीपुर्ण खुल्ला फुटबल प्रतियोगिता २०७५ को रौनकता बढ्दै गएको छ । निकै प्रतिस्पर्धात्मक खेल हरु हुनुका साथै जनप्रतिनिधिहरुले समेत फुटबल खेल्न थालेपछि खेलको रौनकता बढ्दै गएको हो । खेल हेर्न आउने दर्शकहरुको समेत समेत घुईचो बढ्न थालेको छ । खेल हेर्ने छिमेकी जिल्ला बर्दियाका दर्शकहरुको समेत बाक्लो उपस्थिती बढ्न थालेको छ ।

खेलमा बैजनाथ गाउँपालिकाका ८ वटै वडाध्यक्षहरुको नेतृत्वमा ३० देखी ४५ वर्ष सम्मका खेलप्रेमी खेलाडीहरुको खेललाई दर्शकहरु निकै चासोका साथ हेर्ने गरेका छन सोमबार बैजानाथ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मन बहादुर खत्रीले फुटबल हान्दा दर्शकहरु निकै रोमाञ्चक बनेका थिए । वडा नं २ र वडा नं ५ विच भएको खेलमा दुवै टिमले निर्धारित समयावधि भित्र कुनै गोल गर्न नसकेपछि पेनाल्टी मार्फत वडा नं २ ले ४ गोल गरेको थियो । भने वडा नं ५ को टिमले २ गोल मात्र गरेको थियो ।

यसै बिच खेलको पहिलो दिन शनिबार भएको वडाध्यक्ष नेतृत्व खेल अन्र्तगत वडा नं ६ का वडाध्यक्ष भद्र बहादुर बस्नेत र र वडा नं ८ का वडाध्यक्ष भग्गन थारुको टिम बिच भएको खेलमा वडा नं ६ ले ५–० को अन्तरले विजयी हुदैें क्वाटर फाईनलमा प्रवेश गरेको छ । त्यसै गरी सोमबार सम्म नकआउट सिस्टमबाट खेलाईका खेलहरुबाट चन्द्र ज्योति युथ क्लब एल गाँउ ,हरी युथ क्लब खजुरा ,न्यु जर्नी युथ क्लब सी बैजनाथ अन्नपुर्ण युथ क्लब एच गाँउ एभरेष्ट युवा क्लब कौशिलानगर , प्रदेश दंगा नियन्त्रण प्रहरी नेपालगज, कोपिला युथ क्लब एचगाउँ र भावी योजना युवा क्लब क्वाटर फाईनलमा प्रवेश गरेको सचिवालयले जनाएको छ ।

न्यु जर्नी युवा क्लब बैजनाथको आयोजनामा ंसचालन गरिएको प्रतियोगितामा विभागीय टिम तथा विभिन्न क्लबहरु गरी २५ वटा टिम र ८ वटा वडाध्यक्षहरु नेतृत्वको टिम गरी जम्मा ३३ वटा टिमहरुको सहभागीताका रहने आयोजकले जनाएको छ । खेलमा प्रथम हुनेलाई नगद ७५ हजार ५ सय ७५ र द्धितिय स्थान प्राप्त गर्नेलाई नगद ५१ हजार १ सय ११ रुपैया ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । वडाध्यक्ष नेतृत्वको विजय हुने टिमले भने एकवटा खसी प्राप्त गर्ने बताइएको छ । खेल न्यू हरियाली सामुदायिक वनको खेल मैदानमा भईरहकोे छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १३ गते मंगलबार