जेष्ठ नागरिक भेटघाट अभियान सुरु



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका–११ स्थित वन वाटिका टोल सुधार समितिले जेष्ठ नागरिक भेटघाट अभियान सुरु गरेको छ ।

समितिले हरेक शनिबार नगरभित्रका जेष्ठ नागरिकहरुले सुख दुःख र अनुभव साटासाट गर्नका लागि जेष्ठ नागरिक भेटघाट अभियान सुरु गरिएको समितिका अध्यक्ष हरी प्रसाद पौडेलले बताए ।

समितिले जेष्ठ नागरिकहरुलाई चिया नास्ताको समेत व्यवस्थापन गर्ने गरेको छ ।

केही समय अघि ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिसकेको समितिले आगामी दिनहरुमा चिकित्सकहरुसँगको समन्वयमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गराउने योजना रहेको पौडेलको भनाइ छ । तर सामान्य घामपानी छेक्ने टहरा समेत नहुँदा सास्ती झेल्न परेको जेष्ठ नागरिकको गुनासो छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ११ गते आइतबार