कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिका—६ लालपुरमा सातौँ मैत्रीपुर्ण खुल्ला फुटबल प्रतियोगिता २०७५ शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको खेलकुद विकास समितिका प्रदेश नं. ५ का अध्यक्ष भिम वलीले उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति वलीले न्यू हरियाली सामुदायिक वनमा रहेको खेल मैदानलाई व्यवस्थापन गर्नका क्षेत्रिय खेलकुद विकास समितिबाट रु १ लाख ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरे । साथै उनले बैजनाथ गाउँपालिकाको सानको रुपमा प्रतियोगिताको प्रशंसा समेत गरे ।
त्यस्तै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले आफ्नो गाउँपालिकामा भएको प्रतियोगिताको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बैजनाथ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भद्र बहादुर बस्नेत, सामुदायिक वन उपभोत्रक्ता महासंघ नेपालका केन्द्रिय सदस्य नन्द विश्वकर्मा, सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देब बहादुर केसी, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, न्यु जर्नी युवा क्लबका संरक्षक दिल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
न्यु जर्नी युवा क्लब बैजनाथको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा विभागीय टिम तथा विभिन्न क्लबहरु गरी २६ वटा टिमहरुलाई सहभागिताका रहने आयोजकले जनाएको छ ।
खेलमा प्रथम हुनेलाई नगद ७५ हजार ५ सय ७५ र द्वितिय स्थान प्राप्त गर्नेलाई नगद ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यसै बिच शनिबार भएको वडाध्यक्ष नेतृत्व खेल अन्र्तगत वडा नं. ६ ले ५ गोल गरेको छ भने वडा नं. ८ ले ० गोल गरेको छ ।
खेल न्यू हरियाली सामुदायिक वनको खेल मैदानमा भई रहेको छ । नकआउट सिस्टमबाट खेलाइने प्रतियोगितामा बैजनाथ गाउँपालिकाका ८ वटै वडाध्यक्षहरुको नेतृत्वमा ३० देखि ४५ वर्षसम्मका खेलप्रेमी खेलाडीहरुको सहभागिता हुने र विजेतालाई १ वटा खसी समेत उपहार प्रदान गरिने भएको छ ।
कार्तिक १९ गतेसम्म सञ्चालन हुने खेलमा चर्चित नृत्याङ्गना आरुषी मगर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत दिइरहेका छन् ।
आज (आईतबार) आर्दश युवा क्लब बैजनाथ ६ र न्यु जर्नी युवा क्लब सी बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको उद्घाटन सत्र न्यु जर्नी युवा क्लबका अध्यक्ष भुपाल पुन मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने क्लबका सचिव लाल बहादुर सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्