मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १०, २०७५
बर्दिया/ बढैयाताल गाँउपालिका वडा नं.७ कण्ठपुर चोक नजिक अबैध हतियार सहित शनिबार एक भारतीय नागरीक पक्राउ परेका छन् ।
भारतको बलई गाँउ घर भएका जेहरुदीन जागालाई एक थान कटुवा पेस्टोल, १ राउण्ड गोली र १ थान ओपो मोवाईल सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।
अबैध हतियार सहित घुमफिर गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
जागाले कटुवा पेस्टोल बिक्रि गर्नको लागि नेपाल ल्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीको भनाइ छ ।