21 June 2021  |   सोमवार, असार ७, २०७८

कोहलपुर–धामपुर ३३ केभिए प्रशारण लाईनमा पर्ने रुख कटान सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

नेपालगञ्ज/  कोहलपुर–धामपुर ३३ केभिए प्रशारण लाईनमा पर्ने बन क्षेत्रमा रहेका रुख कटान कार्य सोमबारदेखि सुरु भएको छ ।सोमबार राप्तीपीडित सामुदायिक बनको टाँचा नं.१३५ रुखलाई बाँके निर्वाचन क्षेत्रनं. १ का संघिय सांसद महेश्वर गहतराज अथक र सोही क्षेत्रको १ (क) बाट प्रदेश सभा सांसद कृष्णा केसी नमूनाले संयुक्त रुपमा आरा चलाएर रुख काट्न सुरु गरेका हुन् ।

बघौडा क्षेत्रमा विद्युत पुराउने उद्देश्यले राप्तीसोनारी गाउपालिकाको धामपुरमा विद्युतको सवस्टेशन निर्माण गरीए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युतको लाईन विस्तारको लागि बन क्षेत्रले अवरोध पुराउदै आएको थियो । नरैनपुर गाउँपालिकाको छ वटै वडा र राप्तीसोनारी गाउँपालिकाको केही वडामा विद्युतिकरणको लागि सवस्टेशन धामपुरसम्म ४५ किलोमिटर मध्ये ५ दशमलभ ३ किलोमिटर बन क्षेत्र पर्ने भएकोले अबरोध हुँदै आएको थियो ।

कोहलपुर–धामपुर ३३ केभिए पं्रशारण लाईनको लागि कोहलपुरबाट सवस्टेशन धामपुरसम्म लैजाने बाटोमा राप्ती पीडित सामुदायिक बन र समय भवानी समाुदायिक बनको २ दशमलभ २ हेक्टर बन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५ दशमलभ ३ किलोमिटरमा रहेका २ सय १४ रुख काट्न स्वीकृतीसंगै टाँचा लगाई रुख काट्न सुरु गरेपछि २०७५ चैत्रसम्म सो क्षेत्रमा विद्युतीकरण हुने भएको हो ।

सो अवसरमा संघिय सांसद अथकले बघौडा क्षेत्रमा विद्युतिकरणको लागि भएको लामो समयदेखिको प्रयासले मुर्तरुप पाउदै आउदो चैत्रसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतिकरण भएरै छाड्ने ठोकुवा गरे । उनले बघौडा क्षेत्रको विकासको लागि बजेटको कारणले रोकिनु पर्ने अवस्था नभएको कुरामा जोड दिदै स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहले पनि अपनत्व लिन आग्रह गरे ।

प्रदेश सांसद नमूनाले राप्तीपारीको बघौडा क्षेत्रमा विद्युतीकरणसंगै यस क्षेत्रको विकासको ढोका खुल्ने बताईन । उनले शिक्षा, सडक र विद्युतको पहुँच हुने वित्तिकै सबै खालका सम्भावना हुने भएकोले यो आयोजनालाई सबै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै कुनै पनि बाहानामा अब अबरोध हुन नहुने बताईन ।

डिभिजन बन कार्यालय बाँकेका निमित्त प्रमुख गणेशबहादुर खड्काले बन क्षेत्रमा छ मिटर चौडाईसंगै २ दशमलभ २ हेक्टर बराबरको बन क्षेत्रमा कटान गरेपनि आयोजनाले एक रुख बराबर २५ विरुवा रोपेर हुर्काएर बनलाई हस्तान्त्रण गर्ने गरी २६ बुँदे सहमति पछि टाँचा लगाई रुख कटानसम्म आएको स्पष्ट पारे ।

विद्युत प्राधिकरण निमित्त क्षेत्रीय प्रमुख गणेश दत्त जोशीले कोहलपुर–धामपुर सवस्टेशनमा विद्युतको पोल गाडेर चैत मसान्तसम्म विद्युत पुराउने म्याद रहेकोमा त्यो समय भन्दा अगावै काम सम्पन्न हुने गरी आफुहरु खटिने बताए ।

सो अवसरमा राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष घनिकुमारी खत्री, वडा नं. ५ का अध्यक्ष झगरु थारु, ७ का लखनराम थारु, नेकपाका नेताहरु सुर्य ढकाल, नरेन्द्र न्यौपाने, पट्टु थारु लगायतको उपस्थिति रहेको थियो । -सदरलाइन

प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     8:13:04 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *