मनकारी ढकालले असहाय र अनाथलाई सहयोग गरे



कोहलपुर १ कार्तिक/ बाँकेकोे कोहलपुर नगरपालिका—११ स्थित कविर अल्टरनेटिभ सम्लायर्सका प्रबन्धक निर्देशक विष्णु प्रसाद ढकालले सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा रहेको करिब ३० जना असाहय ,अनाथ तथा बेसहारालाई बुधबार खाना कपडा तथा नगद सहयोग गरेका छन ।

हरेक वर्षको दशैमा अष्टमीका दिन सहयोग गर्दै आएका उनले यस वर्ष पनि आफ्नै लागानीमा करिब २५ हजार बराबराको सहयोग सहयोग गरेका छन । चाडपर्वमा अनावश्यक खर्च गर्नभन्दा पनि त्यो खर्चले विपन्न तथा असाहलाई सहयोग गरेर मानविय नाता पुरा गरेको ढकालको भनाई छ

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १ गते बिहीबार