20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १, २०७५  

बासुदेव गिरी प्युठान ,श्रीमानको खुकुरी प्रहार बाट श्रीमतिको हत्या
प्यूठानमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधवार विहान करिव १० बजे तिर प्युठान जिल्ला झिमरुक गाउँपालिका २ डाँडाचौर का ४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । अहिले घटना स्थलमा प्रहरीले मुचुल्का उठाउने तयारि गरिरहेको छ । घटना के कती कारणले भएको हो भन्ने सत्यतथ्य अनुसन्धान भै रहेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १, २०७५     11:18:10 AM  |