21 June 2021  |   सोमवार, असार ७, २०७८

दैलेख केन्द्र बनाएर भुइँचालो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५  

दैलेख/   दैलेखको नारायण नगरपालिका वडा नं. १० भवानीलाई केन्द्रविन्दु बनाएर लगातार तीन पटकसम्म भूइँचालो गएको छ ।

शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा पहिलो, १२ः५३ मा दोस्रो र १ बजे तेस्रो पटक भूकम्प गएको हो । अधिकांश कच्ची घर भएका कारण पुनःभूकम्प आएमा क्षति हुने भन्दै धेरै नागरिक घर बाहिर निस्केका छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार १२ः५३ मिनेटको भूकम्प ४ रिक्टर स्केलको रहेको बताइएको छ । लगातार झड्का गैरहेकाले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

विसं २०२८ मा दैलेखमा ठूलो भूकम्पपछि महामारी फैलिएको र त्यसपछि त्यति ठूलो भूकम्पको झड्का नआएको बूढापाका बताउँछन् ।

-रासस

प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५     7:02:08 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *