20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बलात्कारको आरोपमा एक बृद्ध पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

नेपालगञ्ज/   किशोरी बलात्कार गरेको आरोपमा नेपालगञ्जमा एक बृद्ध पक्राउ परेका छन् ।

चौध वर्षीया किशोरी बलात्कार गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका १८ का ६५ बर्षीय बृद्ध पक्राउ परेका हुन् । बृद्धले आइतबार दिउँसो किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले सोमबार प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले बताए ।

पीडक र पीडितको नाम गोप्य राखेको प्रहरीले बृद्धमाथि थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको बताएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     9:25:12 PM  |