23 June 2021  |   बुधबार, असार ९, २०७८

ब्यायामप्रतिको आकर्षण बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५  

नीरज गौतम : नेपालगन्ज/   आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण नेपालगन्जमा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिमखाना जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ । जिमखानामा आधुनिक प्रविधिका उपकरणको प्रयोगबाट ब्यायाम गर्न पाइने भएकाले त्यसतर्पmको आकर्षक विशेष गरी युवा पुस्तामा बढ्दै गएको छ ।ब्यायामको लागि तस्बिर परिणाम

केही सङ्ख्यामा प्रौढ उमेर समूहका पनि ब्यायामशाला जाने गरेका छन् । बढ्दो शहरीकरणमा अछुतो रहन नसकेको नेपालगन्जमा अहिले दिनभरिको बसाइँयुक्त कामले शरीरलाई एका बिहानै तरोताजा र स्वस्थ बनाउन जिमखाना जाने, बिहानको हिँडाइ र मैदानमा ब्यायाम गर्ने बढ्दै गएको ओम फिटनेसका सञ्चालक लव श्रेष्ठ बताउँछन् ।

केही वर्ष अघिसम्म नेपालगन्जमा ब्यायामका लागि खुल्ला मैदानमा जानुबाहेकको विकल्प थिएन । अहिले यहाँ धमाधम ब्यायामशाला खुल्न थालेका छन् । नागरिकको ब्यायामप्रतिको आकर्षणलाई दृष्टिगत गरी ब्यायामशाला खुल्न थालेको हेल्थ बेनिफिट ब्यायामशालाका प्रशिक्षक रमेश बमको बुझाइ छ । नेपालगन्जमा अहिले १० भन्दा बढी ब्यायामशाला सञ्चालनमा छन् ।

पछिल्लो ब्यायामप्रति महिला र पुरुष दुबैको आकर्षण बढ्दै गएको छ । शारीरिक बनोट राम्रो बनाउन र स्वस्थ रहन ब्यायामशालामा जाने क्रम बढ्दै गएको हो । ब्यायामशालामा अहिले ब्यायाम गर्ने मात्र नभई नृत्य कक्षा पनि सञ्चालन भइरहेका छन् । नृत्य सिक्न पाइने भएकाले पनि ब्यायामशालामा जाने क्रम बढेको छ ।

शारीरिक ब्यायाम शरीरको बनोटको दृष्टिले मात्र नभई स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । ढाड दुख्दा वा अन्य समस्या भएमा पनि ब्यायामशाला जाने चलन बढ्दो छ । पहिले ब्यायाम महिलाको आकर्षण कम हुन्थ्यो भने अहिले महिला पुरुष दुबैको ब्यायामशालामा बराबर सहभागिता हुने गरेको छ । तौल बढाउन ब्यायामशालामा जान थालेपछि १५ दिनमा आफ्नो पाँच किलो तौल बढेको नेपालगन्ज वडा नं ९ की प्रसिद्धीको भनाइ छ ।-रासस

प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५     8:04:42 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *