बढैयाताल उद्योग वाणिज्य संघमा लामिछाने



बर्दिया/  बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्षमा बालकृष्ण लामिछाने चयन भएका छन् ।

संघको प्रथम अधिवेशनबाट लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

जसको प्रथम उपाध्यक्षमा लक्ष्मण रेग्मी, द्वितीय उपाध्यक्षमा प्रेमराज त्रिपाठी, तृतिय उपाध्यक्षमा उमान बस्नेत, महासचिवमा रबिन्द्र बहादुर रावल, सचिवमा रबिन्द्र पौडेल, कोषध्यक्षमा शिव प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा तिलक सिंह ठकुरी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा, सुवास पोख्रेल, नारायण पौडेल, दिपक सुनार, शिव आचार्य, राम वहादुर थारु, सैलाजा सापकोटा, विष्णु हरी शर्मा लगायत रहेका निर्वाचन समिति संयोजक ढाकाराम लामिछानेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ८ गते सोमबार