27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन–प्रवक्ता शर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५  

नेपालगन्ज/  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताए ।

नेपाल प्रेस युनियन, बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसके त्यो सफल नहँुने भन्दै उक्त कुरा अहिलेको सरकारले बुभ्mनु पर्ने बताए ।

मुलुकको शान्ति, सुरक्षा कायम गर्न सरकार चुकेको भन्दै प्रवक्ता शर्माले प्रदेशको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, “आप्mनो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन,” भने ।

प्रवक्ता शर्माले काँग्रेस अहिले आप्mनो साङ्गठनिक संरचना विस्तारमा सक्रिय रहेको बताए । मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुने उनको भनाइ थियो । रासस

प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५     7:46:52 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *