24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

सुर्खेतमा दुई बस ठोक्किँदा ४३ घाइते,पाँच जनाको अवस्था गम्भीर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ३१, २०७५  

सुर्खेत/  रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ आउँँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस आज दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उहाँले बताउनुभयो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले घाइतेमध्ये रहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बिसीका अनुसार गम्भीर घाइते बिरामीको नाम, वतन आउन बाँकी रहेको बताउनुभयो । -रासस

प्रकाशित मितिः आइतवार, भदौ ३१, २०७५     7:49:48 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *