कोहलपुर/ प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश नं. ५ को पर्यटन विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।
बाँकेको बैजनाथ स्थित श्री न्यू हरियाली साुमदायिक वनमा रहेको पुष्पलाल स्मृति पार्कको सोमबार अवलोकल गर्दै मन्त्री गिरीले प्रदेश सरकारले विकास र पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बाँके जिल्लाका पर्यटकिय क्षेत्रहरुको अवलोकनका लागि बाँके आएका मन्त्री गिरीले पुष्पलाल स्मृति पार्कको वैज्ञानिक व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहकार्य गरी जाने जानकारी गराए ।
पर्यटकिय गन्तव्यका रुपमा विकासित भएसँगै स्थानीय यूवाहरुले रोजगारी पाउँने सम्भावना हुने भएकाले छिटो भन्दा छिटो पार्क निर्माण कार्यलाई जोड दिन सुझाव दिएका थिए ।
कुल ५.५ हेक्टर क्षेत्रफलमा रहेको पुष्पलाल पार्कमा स्वदेशी तथा विदेशी पर्यटकिय गन्तव्यका रुपमा विस्तार गर्नका लागि भौतिक पूर्वधार लगायतका अन्य कुरालाई प्राथमिकता दिन प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँके जिल्ला पर्यटकिय गन्तव्यका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै श्री न्यू हरियाली साुमदाियक वन उपभोक्ता समूहका अध्यक्ष नन्द विश्वकर्माले पार्कलाई व्यवस्थित गर्नका लागि आर्थिक अभाव भएकाले पार्क निर्माणका लागि आवश्यक सहयोग गरिदिनका लागि प्रदेश सरकारसँग माग गरेका थिए ।
यसैबिच कोहलपुर नगरपालिकाले मानसरोवर स्मारक पार्क कोहलपुरमा निमार्ण गर्नका लागि योजना स्वीकृत गरिदिन समेत अनुरोधपत्र बुझाएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि मानसरोवर स्मारक पार्क निर्माणको सहमतिका लागि गत साउन ४ गते बाँके राष्ट्रिय निकुञ्जलाई पत्रचार गरेपनि भौतिक संरचना सहितको निर्माण कार्यको अनुमति दिने अधिकार निकुञ्जसँग नभई वन तथा वातावरण मन्त्रालयसँग मात्र हुने भएकाले मन्त्रालय स्तरबाट सहमति दिने निर्णय भएमा काम गर्न सहज हुने जानकारी प्राप्त भएको र सो सम्वन्धमा साउन २१ गते नै संघिय सरकारको वन तथा वातावरण मन्त्रालयमा पार्क निर्माणको सहमति माग गरिएको समेत पत्र मार्फत मन्त्रीलाई जानकारी गराइएको थियो ।
साथै मन्त्री गिरीले कोहलपुर–१२ स्थित सृजना सामुदायिक वनमा रहेको भ्यू टावर, गाभरभ्याली सामुदायिक होमस्टे, नौवस्ता अद्यौगिक क्षेत्र लगायतका स्थानहरु अवलोकन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्