कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुुमुखी पब्लिक क्याम्पसमा जडान गरिएका सिसिटिभी क्यामेराको जडान गरिएको छ ।
क्याम्पसलाई प्राविधिमैत्री बनाउने उद्देश्यका साथ कोहलपुर उद्योग वाणिज्य संघले १० वटा सिसिटीभि क्यामेरा क्याम्पसालाई उपलब्ध गराएपछि सो सिसि क्यामेराको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालको आंगिक क्याम्पसका रुपमा यो वर्षदखि बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस भएसँगै क्याम्पसको भौतिक तथा प्राविधिक पक्षलाई जोड दिइएको अध्यक्ष न्यौपानेले बताएका छन् ।
साथै उनले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको शनिबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको शैक्षिक सत्रबाट स्नातक तह प्रथमको भर्ना अभियानलाई जोड दिने निर्णय गरिएको बताए । क्याम्पसले यस वर्षदेखि स्नातक तहको प्रथम वर्ष अन्तर्गतका शिक्षाशास्त्र, मानविकी शास्त्र र व्यवस्थापकिय शास्त्रका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले तय गरेको पाठ्यक्रम अनुसार शिक्षण हुने उनले जानकारी दिए ।
‘गुणस्तरिय शिक्षाका लागि क्याम्पसमा सेमेस्टर प्रणाली अनुसार शिक्षण हुन्छ’ उनले भने ‘क्याम्पसमा अब प्राविधिक र गुणस्तरिय शिक्षालाई पहिलो प्राथमिकता राख्नका लागि विभिन्न निकायहरुसँग सहकार्य भईरहेको छ ।’
समृद्व क्याम्पस र गुणस्तरिय शिक्षामा जोड दिने अभियानलाई सफल बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता परेकोले सबैले साथ दिन समेत अनुरोध गरे । त्यस्तै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले विश्व परिवेश अनुसारको शिक्षा प्रदान गर्नका लागि क्याम्पसको शैक्षिक गुणस्तर वृद्वि गर्नका लागि विभिन्न क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्का, उद्योग बाणिज्य संघ अध्यक्ष चक्र बहादुर अधिकारी, क्याम्पस संचालक समितिका सदस्य लगायत क्याम्पसका प्रध्यापकहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्