मन्त्रीद्वारा बैजनाथको भौतिक अवस्था अनुगमन



कोहलपुर/ प्रदेश ५ का भौतिक योजना पूर्वाधार विकासमन्त्री बैजनाथ थारुले बैजनाथ गाउँपालिका भौतिक अवस्थाका बारेमा अनुगमन गरेका छन् ।

मन्त्री थारुले बैजनाथका सबै वडाहरुमा भौतिक अवस्ता तथा भविष्यमा आवश्यक पर्ने आवश्यक पर्ने संरचनाहरु पहिचान गर्न अनुगमन गरिएको बताइएको छ ।

मन्त्री थारुसँगै प्रदेश सांसद आइपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल लगायतले बैजनाथ गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता तथा भौतिक निमार्ण गरिएका आयोजनाहरुको अनुगमन गरिएको बैजनाथ गाउँपालिका प्रेस सल्लाहकार रबि रोकायाले जानकारी गराए ।

अनुगमन तथा कार्यकताहरुसँग मन्त्री थारुले स्थानीय जनताहरुको आवश्यकता तथा माग अनुसार नै स्थानीय सरकार प्रदेशसरकार तथा केन्द्रिय सरकारले आवश्यक विकासका योजनाहरु बनाउँने हँदा क्षेत्रगत रुपमा भौतिक संरचनाहरुको आवश्यक पहिचान तथा कार्यान्वयन गर्न स्थानीय सरकारसँग समन्यन गरी प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्री थारुले बताए ।

थारुले प्रदेश ‘ख’ अन्र्तगर्त रनियापुर लगायत क्षेत्रहरुको अनुगमन गरेको नेकपाका नेता खननाथ खनालले जानकारी दिए । यसै गरी बैजनाथ गाउँपालिका कार्यालय अध्यक्ष मान बहादुर रुचालले स्थानीय निकायबाट सम्पन्न तथा थप बजेट आवश्यक पर्ने योजनाहरुका बारेमा मन्त्री थारुलाई जानकारी गराइएको बैजनाथ गाउँपालिका कार्यालयका प्रेस सल्लाहकार रोकायाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २९ गते मंगलबार