कोहलपुरबाटै अष्ट्रलिया पढ्न जान सकिने



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका–११ स्थित सि.बी. ईन्टरनेशनल कन्सल्टेन्सीबाट अष्ट्रलिया पढ्न जान सकिने भएको छ ।

कन्सल्टेन्सीले सोमबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै कन्सल्टेन्सीका प्रबन्धक सुदिप चन्दले अष्ट्रलिया पढ्न जाने चाहने विद्यार्थीहरुको कोहलपुरबाटै सजिलै अष्ट्रलिया जान सक्ने बताए । अष्ट्रलिया पढ्न जान चाहने विद्यार्थीहरु काठमाण्डौ जान बाध्यता हटेको समेत उनले बताए ।

कन्सल्टेन्सीबाट अष्ट्रलिया पढ्न जान चाहने विद्यार्थीहरुका लागि विशेष आयल्स कक्षा पढाईका कक्षाहरु संचालन गरिनुका साथै सम्पुर्ण विधि र प्रक्रियाबारे कन्सल्टेन्सीबाट सहजीकरण गरिने बताइएको छ ।

सि.बी.ईन्टरनेशनल कन्सल्टेन्सीले आगामी भाद्र महिनाबाट आयल्स कक्षाहरु संचालन गरिने र सो अवसरमा रु २ हजारको छुट गरिने बताएको छ ।

कतिपय अवस्थामा नबुझेर अष्ट्रलिया पढ्न जाने विद्यार्थीहरुले दुख पाउने समस्यालाई मध्यनजर गरेर कन्सल्टेन्सीले विभिन्न सूचना तथा जानकारी मुलक कक्षाहरु समेत संचालन गरिने बताइएको छ ।

कन्सल्टेन्सीले अष्ट्रलियाका ४वटा विश्व विद्यालयसँग समन्वय गरेर सो विद्यलायहरुमा विद्यार्थीहरुलाई अध्ययन गर्न पठाईने जानकारी गराएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २९ गते मंगलबार