कोहलपुर/ ईलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायी संघको आयोजनामा शनिबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । सो कार्यक्रमको कोहलपुर कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले उद्घाटन गरेका थिए ।
‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराका साथ आयो
जना गरिएको सो रक्तदान कार्यक्रममा ५८ जना बढिले रक्तदान गरेको ईलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायी संघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्माले जानकारी दिए ।
साथै पछिल्लो समयमा देखिएको रगत अभाव कम गर्न सहयोग पु¥याउने रक्तदानको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले रक्तदान मानवीय सेवासँगै सामाजिक कार्य भएकोले रगतदान गर्नुपर्ने बताए उनले व्यापारीहरुले व्यापार मात्र नभएर समाजिक तथा मानविय कार्य गरेको भन्दै प्रशंसा गरे ।
साथै उनले यस्ता सामाजिक तथा मानविय कार्यहरु गर्न आवश्यक रहेको बताए । संघका अध्यक्ष रमणी प्रसाद शर्माको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा व्यापारी , समाजसेवी , कर्मचारी पत्रकार लगायतले रक्तदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्