कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका—१४ हवलदापुरको युवा संजालको अध्यक्षमा रन्जित थापा चयन भएका छन शुक्रबार हवलदापुरमा बसेको युवाहरु तथा जनप्रतिनिधिको भेलाले अध्यक्षमा थापालाई चयन गरेको हो ।
संजालको उपाध्यक्षमा निर्मला हमाल सचिवमा बलिराज थापा कोषाध्यक्षमा जयन्त प्रकाश यादव सहसचिवमा वविता शाही चयन भएका छन ।
त्यस्तै संजालको सदस्यहरुमा महेश चौधरी,दिपेन्द्र गोन्जाली,तिलक बि.क,कन्है गडरिया,विष्णु खटिक, टिका घर्तिमगर, अनिल हरिजन ,मनिषा थापा र दिपक हरिजन चयन भएका छन ।
संजाल गठन कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १४ का वडाध्यक्ष टेकचन हरिजन, वडा सदस्यहरु कोहलपुर युवा सञ्जालका अध्यक्ष गणेश विष्ट लगायत करिब ४० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ साउन २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्