नेपालगञ्ज/ बाँकेबाट सरुवा भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बिहीबार पत्रकारहरुसँग भेटघाट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमै आयोजना गरिएको भेटघाटद कार्यक्रममा प्रहरी उपरीक्षक तामाङले आफ्नो एक वर्षे कार्यकाल उपलब्धीपूर्ण भएको बताए । उहाँले एक वर्षको अवधिमा जिल्लाको सुरक्षामा गम्भिर समस्या नदेखिएको बताए ।
धार्मिक सद्भावका दृष्टिकोणले संवेदनशील जिल्लामा एक वर्षको अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिइएको उनले उल्लेख गरे ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराइएको, गुण्डागर्दी, लुटपाट र ठगीका घटनामा कडा रुपमा प्रस्तुत भएको, आपराधिक घटनाहरु शतप्रतिशत समाधान भएको भन्दै उनले आफ्नो कार्यकाल सफल भएको बताए ।
तामाङले समुदायको सहयोगमा राती ११ बजेपछि ध्वनी प्रदुषण गर्ने गतिविधि गर्न नपाइने, धार्मिक कार्यमा आतंकित पार्ने हतियार प्रदर्शन गर्न नपाइने जस्ता निर्णय गराई कार्यान्वयन गरिएको, नगरमा सिसी टिभी जडान गरिएको लगायतका कामलाई आफूले गरेका नयाँ कामको रुपमा उल्लेख गरे ।
गत १६ गतेको निर्णय अनुसार बाँकेबाट महानगरीय प्रहरी पहरा गण सामाखुसी काठमाण्डौ सरुवा भएका प्रहरी उपरीक्षक तामाङ आज (शुक्रबार) त्यसतर्फ जाँदैछन् ।









प्रतिक्रिया दिनुहोस्