राप्तीपारी विद्युत विस्तारका लागि सम्झौता पत्रमा हस्ताक्षर



कोहलपुर/  बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारका लागि महत्वपूर्ण निर्णय भएको छ ।

मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारका लागि वन विभाग बबरमहल काठमाण्डौ र नेपाल विद्युत प्राधिकरण कोहलपुर–धामपुर ३३ के.भि. प्रसारण लाईन आयोजना बीच काठमाण्डौंमा २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कोहलपुर–धामपुर हुँदै तिनघरुवा–अलिनगर क्षेत्रभित्र पर्ने ५.३० किलोमिटर वन क्षेत्रको जग्गा प्रयोग गर्न भोगाधिकार दिने र त्यस क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धी दुईपक्षिय सम्झौता भएको बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकले जानकारी दिए । सम्झौतापत्रमा सांसद अथकले हस्ताक्षर गरेका छन् ।

अथककाअनुसार राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि आवश्यक सम्पूर्ण नीतिगत निर्णयहरु भइसकेकाले यस आर्थिक वर्षभित्र राप्तीपारी क्षेत्रका जनताले बत्ती बाल्न पाउने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २२ गते मंगलबार